USAID

नेकपाका पाँच नम्बर प्रदेश कमिटी सचिवालय सदस्य खड्काको निधन


गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । घरमा सुतिरहेका खड्कालाई मंगलबार राति १ बजेतिर अचानक रिंगटा लागेपछि उपचारका लागि तम्घास अस्पताल ल्याउँदै गर्दा राति दुई बजे उनको निधन भएको हो । २०२३ सालमा धुर्कोट गाउँपालिका १ नयाँगाउँमा जन्मेका खड्का सानैदेखि राजनीतिमा सक्रिय थिए ।

गुल्मीको विद्यार्थी राजनीतिबाट उदाएका खड्का राजनीतिक तथा सामाजिक दृष्टिले उचाइमा पुगेका थिए । २०३८सालभन्दा अघिदेखिनै रेसुङ्गा बहुमुखी क्याम्पसमा नेकपा माले निकट विद्यार्थीहरुको संगठनमा आवद्ध भई संगठन निर्माणमा खड्काले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले पाँच नम्बर प्रदेश कमिटीका सचिवालय सदस्य तथा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्जको जिम्मेवारीमा थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *