नितिश कुमार चौथोपटक बने बिहारको मुख्यमन्त्री

नितिश कुमारले लगातार चौथोपटक बिहारको मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन् । कोभिड महामारीका बीच पटनामा आयोजित समारोहमा नितिशले सोमबार सपथ ग्रहण गरेका हुन् । उनले १४ सदस्यीय मन्त्रीमण्डल पनि गठन गरेका छन् । उनको मन्त्रिमण्डलमा दुईजना उपमुख्यमन्त्री तारकिशोर प्रसाद र रेनु देवी छन् । दुवै भाजपाका नेता हुन् ।

पूर्वमुख्यमन्त्री जितनराम माझीका छोरा सन्तोषकुमार सुमनले पनि मन्त्रीको सपथ लिएका छन् । सपथ ग्रहण समारोहमा भाजपा नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष जेपी नड्डा पनि उपस्थित थिए ।

महामारीकै बीच भएको निर्वाचनमा जेडी (यु) र भाजपाको गठबन्धनले बहुमत पाएको हो । बिहार विधानसभामा सबभन्दा ठूलो दल बनेको राष्ट्रिय जनता दलका नेता तेजश्वी यादव भने सपथ ग्रहणमा अनुपस्थित थिए । उनले निर्वाचनमा धाँधली गरिएको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *