प्रज्जवल थापा । टिमो वेर्नेरले दुई गोल गरेपछि जर्मनीले युईएफए नेसन्स लिगमा सानदार जित निकालेको छ । समुह चारको खेलमा जर्मनीले युक्रेनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
रेडबुल एरिनामा भएको खेलमा जर्मनीलाई जित दिलाउन टिमो वेर्नेरले दुई र सानेले एक गोल गरे । युक्रेनको लागि रोमन यारेम्चुकले गरेको गोल सान्तवनामा सिमित भयो । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । १२ औँ मिनेटमा जुब्कोभको पासमा यारेम्चुकले गोल गर्दै युक्रेनलाई खेलमा अगाडी बढाएका थिए । तर २३ औँ मिनेटमा गोरेट्ज्काको पासमा लोरि सानेले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।
२३ औँ मिनेटमा गोरेट्ज्काको पासमा टिमो वेर्नेरले गोल गर्दै जर्मनीलाई खेलमा अग्रता दिलाए । ६४ औँ मिनेटमा जिन्टेरको पासमा वेर्नेरले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई जित दिलाए । जितसँगै जर्मनी ५ खेलमा ९ अङ्क जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । पराजित युक्रेन ५ खेलमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।