सारा म्याक्ब्राइड पहिलो परलिङ्गी सिनेटर बन्दै

डेलवेअर राज्यबाट निर्वाचनमा विजयी भएपछि सारा म्याक्ब्राइड संयुक्त राज्य अमेरिकाको पहिलो परलिङ्गी सिनेटर बन्ने भएकी छन् । रिपब्लिकन स्टीभ वाशिङ्टनलाई हराउँदै डेमोक्रेटिक ह्यारिस म्याक्डोवेलको ठाउँमबाट उनी निर्वाचित भएकी हुन् ।

तीस वर्षीया म्याक्ब्राइडले एलजीबीटी अधिकारको पक्षमा वकालत गर्ने ह्यूमन राइट्स क्याम्पेनमा प्रेस सचिवको रूपमा काम गरेकी छन् । उनले ओबामा कार्यकालमा ह्वाइटहाउसमा प्रशिक्षार्थीका रूपमा पनि काम गरेकी थिइन् ।

उनी देशकै सबैभन्दा उच्च पदमा पुग्ने परलिङ्गी बनेकी छन् । भर्मन्टमा २६ वर्षीया टेलर स्मल हाउस अफ रेप्रिजेन्टटिभ्सका लागि निर्वाचित भएकी छन् । उनी उक्त राज्यकी प्रथम परलिङ्गी सांसद हुन् ।

न्यूयोर्कबाट ३२ वर्षीय रिची टोरेस कङ्ग्रेसका पहिलो अश्वेत समलिङ्गी सदस्यका रूपमा निर्वाचित भएका छन् । उनीसँगै अर्का समलिङ्गी उम्मेदवार मोन्डेअर जोन्सले पनि विजयी भएका छन् । नोर्थ क्यारलाइनाबाट २५ वर्षीय म्याडिसन कअथोर्न यसपालि निर्वाचित हुने कान्छा उम्मेदवार बनेका छन्। उनी सन् १९९० को दशकमा जन्मिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *