कोरोना संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या १३ लाख नाघ्यो

  • 1
    Share

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप नौ हजार ८ सयभन्दा बढीको मृत्यु भएसँगै मृतकको संख्या १३ लाख ९ हजार ४०८ पुगेको हो ।

चीनको वुहानबाट गएको वर्ष डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट हालसम्म विश्वभर पाँच करोड ३७ लाख ४६ हजार ७०८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ३ करोड ७५ लाख कोरोनामुक्त भएका छन् ।

संक्रमितमध्ये एक करोड ४९ लाख १५ हजार बढी उपचाररत छन् भने १ लाख ९ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ । यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ३६८ जनाको मृत्यु भएसंगै मृतकको संख्या दुई लाख ४९ हजार ९७५ पुगेको छ। १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये ६७ लाख ८८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा हालसम्म ८७ लाख ७३ हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख २९ हजार २ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८१ लाख ६१ हजार बढी निको भइसकेका छन् ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *