कोलम्बियामाथी उरुग्वेको सानदार जित

  • 75
    Shares

प्रज्जवल थापा । फिफा विश्वकप २०२२ कतारको दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा उरुग्वेले सानदार जित निकालेको छ । शनिबार बिहान भएको खेलमा उरुग्वेले कोलम्बियालाई ३-० गोलले पराजित गरेको हो ।

इस्टेडियो मेट्रोपोलिटानो रोबेर्ट्रो मेलेन्डेजमा भएको खेलमा उरुग्वेको जितमा काभानी, स्वारेज र नुनेजले समान एक-एक गोल गरे । खेलको पाचौँ मिनेटमा नान्डेजको पासमा काभानीले गोल गर्दै उरुग्वेलाई खेलमा अगाडी बढाएका थिए ।

५३ औँ मिनेटमा कोलम्बियाका जेइसन मुरिल्लोले पेनाल्टी क्षेत्रमा फवल गरेपछि पाएको पेनाल्टीमा लुइस स्वारेजले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । ७२ औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेलाई ३-० गोलको अग्रता दिलाए । थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि उरुग्वे विजयी भएको थियो ।

जितसँगै उरुग्वे ३ खेलमा ६ अङ्क जोड्दै चौथो स्थानमा उक्लिएको छ । पराजित कोलम्बिया ३ खेलमा ४ अङ्क जोड्दै सातौँ स्थानमा छ ।


  • 75
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *