धनुषामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

धनुषा । ढल्केवर–जनकपुर राजमार्गअन्तर्गत जनकपुरको मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय शर्मा रहेका प्रहरीले जनाएको छ ।

धनुषाधामबाट जनकपुरतर्फ आइरहेको बा२०प ६८३१ नम्बरको कार तीव्रगतिका कारण अनियन्त्रित भई पुलबाट तल पानीमा खसेर आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कार चालक शर्मालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । शर्माको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *