नेकपाको सचिवालय बैठक भोलि बस्ने

  • 8
    Shares

काठमाडौ । बिवादको भूमरीमा रुमलिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री समेत रहनु भएका प्रधानमन्त्री केपी ओलीले पार्टीको सचिवालय बैठक बोलाउन पार्टी महासचिव समेत रहनु भएका अर्थ मन्त्री बिष्णु पौडेललाई आग्रह गरेपछि शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ ।
दुई अध्यक्षबीच पार्टी संचालन र सरकारले गरेका काम कारवाहीका बारेमा तीव्र मतभेद रहदै आएको छ । प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले सचिवालय बैठक बोलाउन आनाकानी गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका ५ सचिवलय सदस्यले तत्काल सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए ।
पार्टी महासचिव पौडेलले भोलि ४ बजेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो । उहांले भन्नुभयो पार्टीमा देखिएका बिवाद भोलि बस्ने बैठकले समाधान गर्ला ।


  • 8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *