पोर्चुगलको सानदार जित

  • 146
    Shares

प्रज्जवल थापा । युरोपियन च्याम्पियन पोर्चुगलले मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । बुधबार राती भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७-० गोलको फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगलको जितमा पौलिन्होले दुई, क्रिस्टयानो रोनाल्डो, पेड्रो नेटो, रेनाटो सान्चेज र जोया फेलिक्सले समान एक-एक गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलमा पूरा समय हावी बनेको पोर्चुगलले पहिलो हाफमा दुई र दोस्रो हाफमा पाँच गोल गरेको थियो ।

खेलको आठौँ मिनेटमा पेड्रो नेटोको गोलमा पोर्चुगलले अग्रता लिएको थियो । २९ औँ मिनेटमा पौलिन्होले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा मैदान छिरेका कप्तान रोनाल्डोको पासमा रेनाटो सान्चेजले गोल गर्दै पोर्चुगललाई फराकिलो जिततर्फ अग्रसर गराए ।

६१ औँ मिनेटमा पौलिन्होले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगल खेलमा ४-० गोलले अगाडी बढेको थियो । ७६ औँ मिनेटमा एमिली गार्सियाले आफ्नै पोस्टमा गोल गरेपछी पोर्चुगलले पाँच गोलको अग्रता लियो । ८५ औँ मिनेटमा क्रिस्ट्यानो रोनाल्डोले गोल गर्दै व्यक्तिगत अन्तराष्ट्रिय गोल संङ्ख्या १ सय २ पुर्याए । ८८ औँ मिनेटमा जोया फेलिक्सले गोल गर्दै पोर्चुगललाई ७-० गोलको फराकिलो जित दिलाए ।

अब पोर्चुगलले नेसन्स लिग अन्तर्गत नोभेम्बर १४ मा फ्रान्सको सामना गर्नेछ । यस्तै नोभेम्बर १७ मा क्रोसियाको भ्रमण गर्नेछ । पोर्चुगल ४ खेलमा १० अङ्क जोड्दै शिर्ष स्थानमा छ । समान अङ्क जोडेको फ्रान्स गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।


  • 146
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *