- 480Shares
प्रज्जवल थापा । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशले दुई खेल खेल्दै छन् । खेलको लागि नेपाली टोली हाल बंगलादेशमा छ ।
बंगलादेशको घरेलु मैदान बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेल कार्तिक २७ गते शुक्रबार र मंसिर २ गते मंगलबार हुनेछ ।
हेड टु हेड
अहिलेसम्म नेपाल र बंगलादेश १९ पटक भिडेका छन् । १९ खेलमा १२ खेल बंगलादेशले आफ्नो पोल्टामा पारेको छ भने ७ खेल नेपालले जितेको छ । एक खेल भने बराबरीमा सकिएको थियो । दुई टोलीबिच भएको अन्तिम भेट सन् २०१८ मा भएको थियो । साफ च्याम्पियन्ससीप अन्तर्गत भएको खेलमा नेपाल २-० गोल अन्तरले विजयी भएको थियो ।
खेल कहाँ हेर्ने ?
बंगलादेश र नेपालबिचको खेलको प्रत्यक्ष प्रशारण बंगलादेश टिभीले गर्नेछ । युटुबमा टि स्पोर्ट्सले पनि खेलको प्रत्यक्ष प्रशारण गर्ने बताएको छ ।
खेल हुने समय
खेल नेपाली समय अनुसार बेलुकी ४:४५ बजे शुरु हुनेछ ।
नेपालको सम्भावित पहिलो ११
किरण चेम्जोङ (कप्तान); विकास खवास, अनन्त तामाङ, अजित भण्डारी, रेजिन धिमाल; रवि पासवान, बिक्रम लामा, तेज तामाङ, अन्जन विष्ट; नवयुग श्रेष्ठ, भरत खवास
- 480Shares