थप २५६९ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु

  • 3
    Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप २५६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या २०२३२९ पुगेको छ । त्यसैगरी बुधबार निको भई थप १६६६ जना डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको संख्या १६२२४३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११७४ पुगेको छ । त्यसैगरी क्वारेन्टाइनमा ११०९ जना रहेका छन् भने आइसोलेसनमा ३८९१२ जना सक्रिय संक्रमित रहेका छन् । आइसियूमा ३८२ जना र भेन्टिलेटरमा ९५ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *