दैलेखमा तामाको तारबाट सञ्चालित टेलिफोन र इन्टरनेट नेटवर्क विस्थापित

काठमाडौँ । नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । गत कात्तिक १५ गते स्तरोन्नति सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम ९एफटिटीएच०मार्फत सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

टेलिकमले आज विज्ञप्ती जारी गरी पुरानो नेटवर्कलाई सम्पूर्णरुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको जनाएको हो । हाल सो क्षेत्रमा जम्मा १०२४ लाइन एफटिटीएच नेटवर्क क्षमता छ ।

पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४१५ लाइन एफटिटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १०६ लाइन समेत वितरण गरिएको छ । सो नगरपालिकामा एफटिटीएच लाइन प्रयोगकर्ताको सङ्ख्या ५२१ पुगेको छ । यसले नारायण नगरपालिकाअन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ । यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटिटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको छ ।

नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी र घना बस्ती भएका क्षेत्रमा एफटिटीएच सेवाको विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ । एफटिटीएच सेवाको माध्यमबाट इन्टरनेट सेवा तथा आइपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा समेत प्रयोग गर्न सकिन्छ । त्यसैगरी केही समयमा यसबाटै आइपी टिभी ९टेलिभिजन सेवा० समेत उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *