नेपाली राष्ट्रिय फूटबल टोलीको कोरोना रिपोर्ट नेगेटिभ

प्रज्जवल थापा । मैत्रीपूर्ण खेलको लागि बंगलादेशमा रहेको नेपाली राष्ट्रिय फूटबल टोलीको कोरोन रिपोर्ट नेगेटिभ आएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले २५ खेलाडी सहित ३४ सदस्सीय नेपाली टोलीको कोरोना नेगेटिभ आएको बताएको छ । गत बिहिवार बंगलादेश पुगेको नेपाली टोलीले शुक्रवार कोरोना परिक्षण गरेको थियो । आज सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि अहिलेसम्म होटलमा प्रशिक्षण गरेको नेपाली टोलीले भोलि आइतबारबाट मैदानमा प्रशिक्षण शुरु गर्नेछ ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *