आज एभर्टन र म्यान्चेस्टर युनाइटेड भिड्दै

  • 1
    Share

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा आज एभर्टन र म्यान्चेस्टर युनाइटेड भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरु हुनेछ।

एभर्टनको घरेलु मैदान गोड्डिसन पार्कमा हुने खेलमा घरेलु टोली जित निकाल्दै शिर्ष स्थानमा उक्लिन चाहन्छ । युनाइटेड भने अङ्कतालिकामा आफ्नो स्थान सुधार गर्ने प्रयासमा हुनेछ । म्यान्चेस्टर युनाइटेडले लिगमा सोचे अनुरुप प्रदर्शन गर्न सकेको छैन । लिगको ६ खेलमध्य तीन खेलमा पराजित भएको युनाइटेड ७ अङ्कको साथ १५ औँ स्थानमा छ ।

एभर्टन ७ खेलमा १३ अङ्क जोड्दै पाँचौ स्थानमा छ । आजको खेल जितेको खण्डमा एभर्टन शिर्ष स्थानमा उक्लिनेछ । दुई टोलीबिचको पछिल्लो २२ भेटमा युनाइटेड १० खेलमा विजयी भएको छ । एभर्टनले ६ खेल जित्दा ७ खेल बराबरीमा सकिएको थियो ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *