विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ९० लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितमध्ये तीन करोड ४९ लाखभन्दा बढी मानिस संक्रमणमुक्त भएका छन् । शुक्रबार बिहानसम्ममा तीन करोड ४९ लाख ७० हजार १६ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका हुन् ।

त्यस्तै विश्वमा चार करोड ९० लाख पाँच हजार नौ सय १६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १२ लाख ३८ हजार सात सय ८८ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड २७ लाख ९७ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ९९ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

संक्रमितमध्ये ६३ लाख ३५ हजारभन्दा बढी निको भएका छन् । यहाँ दुई लाख ४० हजार नौ सय २२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म ८४ लाख ११ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ७७ लाख ६४ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २५ हजार २९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *