दिल्लीद्वारा बैंगलोर पराजित, दुवै टोली प्लेअफमा

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ । यससँगै दुवै टोलीले प्लेअफको लागि टिकटपनी काटेका छन् ।

सेख जायद रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको बैंगलोरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५२ रन बनायो । बैंगलोरको लागि देवदत्त पडिक्कलले अर्ध सतक पूरा गरे । उनले ४१ बलमा ५ चौकाको मद्दतमा ५० रन बनाए । डि भिल्लियर्सले २१ बलमा २ छक्का र १ चौकाको मद्दतमा ३५ रन बनाउदा विराट कोइलीले २९, फिलिपेले १२ र डुवेले १७ रनको योगदान गरे ।

दिल्लीको लागि अन्रिच नोर्तिजेले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । यस्तै कगिसो रबडाले २ विकेट लिदा अश्विनले एक विकेट लिए । १५३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्टायो । दिल्लीको जितमा अजिङ्के रहाणे र शिखर धवन नायक बने । रहाणेले ४६ बलमा ५ चौका र १ छक्काको मद्दतमा ६० रन जोड्दा धवनले ५४ रन बनाए । धवनले ४१ बलमा ६ चौका प्रहार गरे ।

बैंगलोरको लागि शहबाज अहमेदले २ विकेट लिदा सिराज र सुन्दरले एक-एक विकेट लिए । जितसँगै दिल्ली दोस्रो स्थानमा रहदै प्लेअफ पुगेको छ भने बैंगलोर तेस्रो स्थानमा रहदै प्लेअफको टिकट काटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *