मिलिटाओलाई कोरोना संक्रमण पुष्टि

प्रज्जवल थापा । रियल म्याड्रिडका डिफेन्डर इडेर मिलिटाओलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

क्लबले वेबसाइटमा विज्ञप्ती जारी गर्दै मोलिटाओलाई कोरोना भाइरस पुष्टि भएको बताएको हो । आइतबार बिहान गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनले गत शनिबार ह्युस्काविरुद्धको खेल खेलेका थिए ।

कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका छन् । टिमको अन्य खेलाडीको रिपोर्ट भने नेगेटिभ आएको क्लबले जनाएको छ । यससँगै उनले च्याम्पियन्स लिग अन्तर्गत हुने इन्टर मिलान विरुद्धको खेल गुमाउने पक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *