युनाइटेड घरेलु मैदानमा पराजित

प्रज्जवल थापा । म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमा आर्सनलसित पराजित भएको छ । इङलिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा आर्सनललाई जित दिलाउन पिरे एम्रिक अबमियाङले गरेको एकमात्र गोल निर्णायक बन्यो । खेलको ६९ औँ मिनेटमा पोग्वाले आर्सनलका बेलेरिनलाई पेनाल्टी क्षेत्रमा फवल गरेपछि पाएको पेनाल्टीमा अबमियाङले गोल गर्दै आर्सनलाई खेलमा अगाडी बढाएका थिए । थप सममयमा दुवै टोलीबाट गोल हुन नसकेपछि आर्सनल विजयी भएको हो ।

यस्तै लिगको अर्को खेलमा न्युकेस्चल युनाइटेडले राम्रो फर्ममा रहेको एभर्टनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन विल्सनले दुई गोल गरे । एभर्टनको लागि काल्भेट लेविनले गरेको गोल सान्तवनामा सिमित रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *