पैगम्बर कार्टनु विवाद,मुस्लिम जगतमा फ्रान्स विरुद्ध ब्यापक प्रदर्शन

पेरिस । फ्रान्सको निस सहर स्थित एक चर्चमा तीनजनाको निर्मम हत्यापछि राष्ट्रपति इम्यानुएल म्याक्रोंले कडा निति तथा विवादास्पद टिप्पणीका कारण मुस्लिम देशहरुमा आक्रोस र हिंसा फैलिएको छ । पाकिस्तान, लेबनान देखि प्यालेस्टाइन क्षेत्र सहित कयौ स्थानमा हजारौं मुसलमान फ्रान्स विरुद्ध प्रदर्शनका क्रममा सडकमा ओर्लेका छन । फ्रान्सका राष्ट्रपतिले पैगम्बर मोहम्मदको कार्टुन छापिएको सम्बन्धमा अभिब्यक्तीको अधिकारको रक्षा गर्ने संकल्प लिएपछि मुस्लिम जगतमा त्यसको ब्यापक विरोध भएको हो ।
पाकिस्तानको राजधानी इस्लामाबादमा करिब २ हजार प्रदर्शनकारी फ्रान्स दुतावास तर्फ जाने प्रयास गर्दा प्रदर्शन हिंसात्मक बन्न पुग्यो । पाकिस्तानी प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रु ग्यास तथा लाठी प्रहार गरेको थियो । पाकिस्तानको लाहौरमा प्रदर्शनकारीहरुले नाराबाजीसँगै सडक अवरुद्ध पारे । मुल्तानमा प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति म्याक्रोंको पुतला जलाएका थिए ।
त्यसैगरी जेरुसलममा सयौं प्यालेस्टिनीले अल अक्सा मस्जिद बाहिर म्याक्रों विरुद्ध प्रदर्शन गरे । उनीहरुले प्रदर्शनका क्रममा नाराबाजी लगाएका थिए । उक्त प्राचिन सहरमा इजरायली प्रहरी र प्रदर्शनकारी युवाबीच भिडन्त भएको थियो । भिड नियन्त्रणका क्रममा तीन जनालाई हिरासतमा लिएको प्रहरीले जानकारी दिएको छ ।
लेबनानको राजधानी बेरुतमा पनि म्याक्रों विरुद्ध ब्यापक प्रदर्शन भएको छ । त्यसैगरी बंगलादेशको राजधानी ढाकामा भएको विरोध प्रदर्शनमा करिब ५० हजार सहभागी भएका थिए । प्रदर्शनकारीले म्याक्रोंको पुतला जलाएका थिए । प्रदर्शनकारीले नस्लवाद रोक्न, इस्लाम विरुद्ध घृणा रोक्न नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा फ्रान्सका उत्पादन बहिस्कार गर्न पनि अपिल गरेको बताइएको छ ।
भारतको मध्य प्रदेशको राजधानी भोपालमा पनि फ्रान्सको घटनालाई लिएर विशाल प्रदर्शन भएको छ । प्रदर्शनकारीले फ्रान्सका राष्ट्रपतिको पोस्टर जलाएका थिए ।
त्यसैगरी अफगानिस्तानमा पनि इस्लामी पार्टी हज्ब ए इस्लामीका सदस्यले फ्रान्सको झन्डा जलाए । बंगलादेश, पाकिस्तान देखि कुवेतले गत हप्ता देखि नै फ्रान्सका उत्पादन बहिस्कार गर्न अपिल गरिरहेको छ । टर्कीले पनि कडा शब्दमा फ्रान्सको आलोचना गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *