बुन्डेसलिगामा बार्यन म्युनिख र डर्टमण्ड विजयी

  • 1
    Share

प्रज्जवल थापा । जर्मन लिग बुन्डेसलिगामा साविक विजेता बार्यन म्युनिख र डर्टमण्ड विजयी भएका छन् । शनिबार बेलुकी भएको खेलमा बार्यनले एफसी क्लोनमाथी २-१ गोलको साधुरो जित निकालेको हो ।

क्लोनको मैदानमा भएको खेलमा १३ औँ मिनेटमा थोमस मुलरले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । पहिलो हाफको थप गरिएको अतिरिक्त समयमा जोशुवा किमिचको पासमा सेर्जे ग्यान्ब्रीले गोल गर्दै बार्यनको अग्रता दोब्बर बनाए । ८२ औँ मिनेटमा डोमिनिक ड्रेस्लेरले गोल गरेपनी क्लोनले हार टार्न सकेन ।

यस्तै लिगको अर्को खेलमा डर्टमण्डले अर्मिनिया बिलेफेल्डलाई २-० गोलले पराजित गर्यो । डर्टमण्डको जितमा दुवै गोल म्याट हुम्मेल्सले गरे । ५३ औँ मिनेटमा थोमस मुनियरको पासमा हुम्मेल्सले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । यस्तै ७१ औँ मिनेटमा मार्को रियसको पासमा हुम्मेल्सले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमण्डलाई जित दिलाए ।

जितसँगै बार्यन म्युनिख र डर्टमण्ड लिगको ६ खेलमा १५ अङ्क जोड्दै गोल अन्तरको आधारमा क्रमश पहिलो र दोस्रो स्थानमा छन् ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *