ला लिगामा आज बार्सिलोनाले डिपोर्टिभो आल्भेसको सामना गर्दै

  • 1
    Share

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज बार्सिलोनाले डिपोर्टिभो आल्भेसको सामना गर्दैछ । खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।

पछिल्लो खेलमा घरेलु मैदानमा रियल म्याड्रिडसँग पराजित भएको बार्सिलोना यस खेल जित्दै आफ्नो लयमा फर्किने प्रयास गर्नेछ । बार्सिलोनाले लिगमा गेफाटे र म्याड्रिडसित लगातार दुई हार बेहोरेको थियो । बार्सिलोना लिगमा ५ खेलमा ७ अङ्क जोड्दै १२ औँ स्थानमा छ ।

डिपोर्टिभो ७ खेलमा ७ अङ्क जोड्दै लिग तालिकाको १५ औँ स्थानमा छ । दुई टोलीबिचको अन्तिम ११ भेटमा बार्सिलोनाले १० खेल जित्दा १ खेल डिपोर्टिभोले जितेको छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *