रोनाल्डो कोरोना संक्रमण मुक्त

प्रज्जवल थापा । पोर्चुगिज सुपरस्टार क्रिस्ट्यानो रोनाल्डो कोरोना संक्रमण मुक्त भएका छ । हिजो शुक्रबार गरिएको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

राष्ट्रिय टोलीको लागि खेल्ने क्रममा रोनाल्डोलाई अक्टोबर १३ मा कोरोना पुष्टि भएको थियो । गत मंगलबार गरिएको तेस्रो परिक्षणमा रिपोर्टपोजेटिभ आएपछि च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनासँगको खेल गुमाएका थिए । कोरोना पुष्टि भएदेखी रोनल्डो सेल्फ आइसोलेसनमा बसेका थिए ।

इटालियन च्याम्पियन युभेन्टस्का रोनाल्डोले सिरि ए अन्तर्गत आइतबार हुने स्पोसियाविरुद्ध खेल्ने सम्भावना छ । संक्रमण हुनुअघी रोनाल्डोले लिगको २ खेलमा ३ गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *