म्यान्चेस्टर सिटिलाई सेफिल्ड युनाइटेडको चुनौती

  • 1
    Share

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा आज साविक उपविजेता म्यान्चेस्टर सिटिलाई सेल्फिल्ड युनाइटेडले चुनौती पेस गर्दैछ। खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरु हुनेछ ।

सेफिल्डको मैदान ब्रमल लेनमा हुने खेलमा दुवै टोली जितको लागि खेल्नेछन् । म्यान्चेस्टर सिटिले नँया सिजनमा सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । पछिल्लो खेलमापनी सिटि वेस्टहाम युनाइटेडसँग बराबरीमा रोकिएको थियो । लिगमा सिटि ५ खेलमा २ जित, २ बराबर र १ हार बेहोर्दै ८ अङ्कको साथ १३ औँ स्थानमा छ ।

यस्तै सेफिल्ड युनाइटेडले लिगमा अहिलेसम्म जित निकाल्न सकेको छैन । युनाइटेड लिगमा खेलेको ६ खेलमा ५ हार र १ बराबर खेल्दै एक अङ्क जोड्दै पुछारबाट दोस्रो स्थानमा छ । त्यसैलेपनी सेफिल्डलाई सिटिविरुद्द जित निकाल्न आवश्यक छ । दुई टोलीबिचको अन्तिम दुई भेटमा दुवै खेल सिटिले आफ्नो पोल्टामा पारेको छ ।

आज हुने अन्य खेलहरु

बर्नेली विरुद्ध चेल्सी (राती ८:४५ बजे)

लिभरपुल विरुद्ध वेस्टहाम युनाइटेड (राती ११:१५ बजे)


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *