रियल म्याड्रिड र ह्युस्का भिड्दै

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिड र ह्युस्का भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुकी ६:४५ बजे शुरु हुनेछ ।

म्याड्रिडको घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा हुने खेलमा रियल जित निरन्तरता दिँदै शिर्ष स्थानमा उक्लिन चाहन्छ । ह्युस्काले भने रियललाई हराउँदै लिगमा पहिलो जित निकाल्ने प्रयास गर्नेछ । लिगमा ह्युस्का ७ खेलमा ५ बराबर र २ हार बेहोर्दै ५ अङ्कको साथ लिगको १८औँ स्थानमा छ । म्याड्रिड ६ खेलमा ४ जित १ बराबर र १ हारसहित १३ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

चोटका कारण लामो समय मैदान बाहिरिएका म्याड्रिडका इडेन हजार्डले पूरा समय खेल्ने सम्भावना छ । उनले गत बुधबार च्याम्पियन्स लिगमा बोरुसियासँग वैकल्पिक खेलाडीको रुपमा मैदान छिर्दै पुनरागमन गरेका थिए । दुई टोली बिचको पछिल्लो दुई भेटमा म्याड्रिड विजयी भएको थियो ।

लिगमा आज अन्य खेलहरु (नेपाली समय)

एथ्लेटिक क्लब विरुद्ध सेभिल्ला (राती ९:०० बजे)

ओसासुना विरुद्ध एथ्लेटिको म्याड्रिड (राती ११:१५ बजे)

डिपोर्टिभो आल्भेस विरुद्ध बार्सिलोना (राती १:४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *