टर्कीमा शक्तिशाली भूकम्प, कम्तिमा चार जनाको मृत्यु, १२० जना घाइते

  • 3
    Shares

टर्कीमा शुक्रबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ भने करिब १ सय २० जना घाइते भएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का ग्रिसको एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो ।

भूकम्पको धक्का बुल्गेरियामा पनि महसुस गरिएको छ । सन् १९९९ मा टर्कीको उत्तरपश्चिमी भूभागमा ७.४ म्याग्निच्युडको भूकम्प जाँदा १७ हजार मानिसको मृत्यु भएको थियो ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *