गेल सतक बनाउन एक रनले चुक्दा राजस्थानलाई १८६ रनको विजयी लक्ष्य

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) मा पंन्जावका क्रिस गेल सतक बनाउन बाट एक रनले चुकेका छन् । राजस्थान रोयल्ससँग भैरहेको खेलमा गेल ९९ रनमा जोफ्रा आर्चरको बलमा आउट भए ।

सेख जायद रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको पंन्जावले निर्धारित ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाए । पंन्जावको लागि गेलले सनदार ब्याटिङ गरे । आफ्नो सतक बनाउन बाट एक रनले चुकेका गेलले ६३ बलमा ८ छक्का र ६ चौकाको मद्दतमा ९९ रन बनाए । यस्तै कप्तान केएल राहुलले ४१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४६ रन बनाउदा पोरानले २२ रन जोडे ।

जितको लागि राजस्थानलाई २० ओभरमा १८६ रन आवश्यक पर्नेछ । राजस्थानको लागि जोफ्रा आर्चरले ४ ओभर बलिङ गर्दै २६ रन दिएर २ विकेट लिए । यस्तै बेन स्टोक्सले ४ ओभरमा ३२ रन दिदै २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *