युरोपा लिगमा लेस्चर सिटि र आर्सनल विजयी

  • 1
    Share

प्रज्जवल थापा । युरोपा लिगमा इङलिस क्लब लेस्चर सिटि र आर्सनल विजयी भएका छन्। बिहिबार राती भएको खेलमा लेस्चरले एइके एथेन्सलाई २-१ गोलले पराजित गरेको हो ।

एथेन्सको मैदानमा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउन जेमी भार्डी र हम्जा चौधुरीले गोल गरे । एथेन्सको लागि मौमेर टान्कोभिकले गरेको गोल सान्त्वनामा सिमित भयो । खेलको १८ औँ मिनेटमा जेमी भार्डीले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए ।

३९ औँ मिनेटमा जेम्स मेड्डिसनको पासमा हम्जा चौधुरीले गोल गर्दा लेस्चरले खेलमा अग्रता दोब्बर बनायो । ४९ औँ मिनेटमा मौमेर टान्कोभिकले गोल गदै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर थप समयमा गोल गर्न नसक्दा हार स्विकार्न बाध्य भयो । समुहको अर्को खेलमा बार्गाले जोर्यालाई २-१ गोलले पराजित गर्यो ।

यस्तै समूह “बि” अन्तर्गत भएको खेलमा आर्सनलले डुन्डाल्कमाथी ३-० गोलको सहज जित निकाल्यो । घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा इड्वार्ड निकेताह, जोसेप विल्लक र निक्लोस पेपेले समान एक गोल गरे । सोही समुहको अर्को खेलमा मोल्डे र रेपिड वेनलाई १-० गोल अन्तरले पराजित गर्यो । जितसहित आर्सनल र मोल्डे दुई खेलमा सतप्रतिशत जित निकाल्दै क्रमश पहिलो र दोस्रो स्थानमा छन् ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *