चेन्नाईद्वारा कलकता पराजित

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) मा चेन्नाई सुपर किङ्सले कलकता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।

बिहीबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कलकताले टस हारेर ब्याटिङ गर्न उत्रिदाँ निर्धारित ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । कलकताको लागि नितेश रानाले सनदार ब्याटिङ गर्दै ८७ रन बनाए । उनले ६१ बलमा १० चौका र ४ छक्का प्रहार गरे । यस्तै शुभ्मन गिलले २६, कार्तिकले २१, मोर्गानले १५ रनको योगदान गरे ।

चेन्नाईको लागि लुङ्गी निग्दीले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए । यस्तै सान्टनर, जेडेजा र करनले १-१ विकेट लिए ।

१७३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ४ विकेट गुमाउदै १७८ रन बनाएर भेट्टायो । चेन्नाईको लागि रुतराज गैकवाडले ५३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ७२ रन बनाए । अम्बती रायडुले ३८, कुरानले १३ र रविन्द्र जडेजाले ३१ रन बनाउदै चेन्नाईलाई लिगमा पाँचौ जित दिलाए ।

कलकताको लागि प्याट कमिङ्स र वरुन चर्क्रवर्तीले समान दुई विकेट लिए । जितसहित चेन्नाई १३ खेलमा ५ जित र ८ हारसहित १० अङ्क जोड्दै लिगको पुछारमा यथावत छ । कलकता १३ खेलमा १२ अङ्क जोड्दै तालिकाको पाँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *