पछिल्लो २४ घण्टामा थपिए २ हजार २२५ कोरोना भाइरस संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय २५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार थपिनेमा ७ सय ७९ महिला र १ हजार ४ सय ४६ पुरुष रहेका छन् । पछिल्लो २४ घन्टामा १३ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

आज २ हजार ८ सय ४६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ६९.८ प्रतिशतले कोरोना संक्रमण जितेका छन् । नेपालमा अहिले सक्रिय केसहरु २९.७ प्रतिशत रहेको छ । नेपालमा ०.५ प्रतिशत संक्रमितले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोनाका कारण १३ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *