बाँचुञ्जेल राम्रो काम गर्नु नै सफल जीवन होः कृषिमन्त्री भूषाल

सिद्धार्थनगर । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मान्छेले बाँचुञ्जेल जति राम्रो काम गर्छ त्यति नै उसको जीवन सफल हुने बताएका छन् ।

भैरहवामा दशकौँदेखि चिकित्सा सेवा दिँदै आएकी डा. निशाकिरण बस्यालको निधनको आठौँ दिन नेकपा रुपन्देही क्षेत्र नम्बर ३ को संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य भुसालले डा बस्यालले आफ्नो जीवनकालमा दुःखीगरीबका सेवामा दिएको समय स्मरणीय रहने बताए ।

उनी र उनका श्रीमान् डा रामप्रसाद बस्यालले रुपन्देहीका दुःखीगरीबको उपचारमा पुर्याएको योगदान अतुलनीय रहेको र त्यसको राज्यले कदर गरिरहने मन्त्री भूषालले स्पष्ट गरे । मन्त्री भुसाल शुक्रबार नै काठमाडौँबाट भैरहवा आएको नेकपा क्षेत्रीय संयोजक हितराज पन्थीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *