उदयपुरमा जीप दुर्घटना, पाँचको मृत्यु तीन घाइते

फाइल फाेटाे
  • 197
    Shares

गाईघाट । उदयपुरको कटारी नगरपालिका वडा नं १४ को भदौरेस्थित शिध्दिचरण राजमार्गमा आज बिहान जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्य भएको छ । अन्य तीन जना गम्भीर घाईते भएको प्रहरीले बताएको छ ।

भैरहवाबाट ओखलढुङ्गातर्फ जादैँ गरेको बा २० च ७१७१ नम्बरको स्कार्पियो जीप ब्रेक फेलभई सडकबाट करीब नौसय मिटर तल खसेको थियो । दुर्घटनामा ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरका ४६ वर्षीय रामवहादुर सार्की र २७ वर्षीय कर्ण सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी दुर्घटनामा नाम थर वतन नखुलेका अन्दाजी ३० वर्षकी महिला, ३२ र ५२ वर्षका पुरुषहरूको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी वेदप्रसाद गौतमले बताए ।

गाडी चालक रुपन्देही जिल्ला त्रिदम्वा नगरपालिका वडा नं १५ का रामवहादुर खड्काको छोरा २८ वर्षिय पवन खड्का तथा ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं ९ माधवपुरकी वर्ष १८ की कल्पना सार्कीको अवस्था गम्भीर रहेको छ । माधवपुरकै वर्ष ३१ की कुमारी सार्कीको दाहिने खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको छ ।

घाईते सबैको उपचारका लागि कटारीमा अस्पताल पठाइएको छ ।


  • 197
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *