किर्गिस्तानमा सरकार विरोधी प्रदर्शनका क्रममा नौ सय घाइते


मध्य एसियाली मुलुक किर्गिस्तानमा भइरहेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको संख्या ९११ पुगेको छ । स्वास्थ्य मन्त्रालयले यसअघि ७०० जना घाइते भएका जनाएकामा बुधबार ९११ जना घाइते भएको जानकारी दिएको हो । मन्त्रालयले कुल घाइते मध्ये झण्डै दुई सय जना प्रहरी पनि रहेका जनाएको छ । झडपमा परी एक जनाको मृत्यु पनि भएको छ ।

संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै किर्गिस्तानमा केही दिनदेखि प्रदर्शन भइरहेको छ । कुल घाइतेमध्ये १६९ जना पछिल्लो २४ घण्टामा घाइते भएका पनि अधिकारीहरुले जनाएका छन् । घाइते भएका मध्ये ७०५ जनालाई सामान्य उपचार पछि घर पठाइएको छ भने अरुको उपचार भइरहेको छ ।

त्यसैगरी घाइते भएका मध्ये २०५ जनाको अवस्था गम्भीर रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अस्पतालमा उपचार गराइरहेका मध्ये पाँच जनालाई अति सघन कक्षमा राखेर उपचार गरिएको मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *