डा. केसीलाई अनसन फिर्ता लिन शिक्षा सचिवको आग्रह

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका बिभिन्न ६ बुँदे माग राख्दै अनसनरत डा गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेट्दै अनसन फिर्ता लिन आग्रह गरेका छन् । अनसनरत केसीको स्वास्थ्य अवस्थामा बारेमा जानकारी लिन शिक्षा सचिवको टोली मंगलबार शिक्षण अस्पताल पुगेको हो ।

सचिव मैनालीले डा. केसीलाई भेटेर सबै माग जायज रहेका र पूरा गर्ने भन्दै उपयुक्त समय नभएकाले सत्याग्रह तोड्न आग्रह गरेका थिए । केसीले औपचारिक सहमतिका लागि वार्ता टोली पठाउन सरकारी प्रतिनिधिलाई आग्रह गरेका थिए ।

डा. केसीले सचिव मैनालीलाई यो कुरा सरकारका प्रवक्ताले नै भनिसकेकोले वार्ता टोली लिएर आएमात्रै सहमति गरेर अनशन तोड्ने बताउनुभएको डा केसीका सहयोगी पृतम सुवेदीले जानकारी दिए ।

भदौ २९ गतेबाट जुम्लामा अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । डा. केसीलाई छाती दुख्ने, चक्कर लाग्ने समस्या देखिनुका साथै प्रतिरोधी क्षमतासमेत कमजोर बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *