- 6Shares
प्रज्ज्वल थापा
काठमाडौँ । एडिन्सन काभानी इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित भएका छन्। युनाइटेडले सोमबार राती आधिकारिक जानकारी दिदै उक्त कुरा बताएको हो।
उरुग्वेका फरवार्ड एक वर्षकोलागि युनाइटेडमा अनुबन्धित भएका हुन। पुर्व पिएसजिका खेलाडी काभानीले फ्रेन्च लिग वानमा र सिरि एमा गोल्डेन बुटपनी जितिसकेका छन्। सन् २००७ बाट युरोपमा खेल्न थालेका उनले क्लबबाट ३४१ गोल गरिसकेका छन्। उनले पिएसजिको लागि २०० गोल गर्दै ६ वटा लिगपनी जितेका छन्। उरुग्वेको लागि सन् २०११ मा कोपा अमेरिका जितेका उनले ११६ खेलमा ५० गोल गरिसकेका छन्।
- 6Shares