ब्रिक्सको १२औँ शिखर सम्मेलन नोभेम्बर १७ मा हुने

  • 4
    Shares

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच देशको शिखर सम्मेलन यही नोभेम्बर १७ मा हुने भएको छ । सबै देशको नामको अङ्ग्रेजीको पहिलो अक्षरलाई समेटेर बनाइएको ब्रिक्सको अहिले १२ औँ सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा विषेश गरेर विश्वको स्थायीत्व, सुरक्षा र रचनात्मकता बृद्धिलगायतका विषयमा संयुक्तरुपमा काम गर्ने बारेमा छलफल हुने जनाइएको छ । अहिलेको सम्मेलनको अध्यक्ष रुसले ब्रिक्स अन्तर्गतका देशहरूबीचमा बहुपक्षीय विषयमा सहकार्य गर्न प्रस्ताव राखेको छ ।

यी देशका नागरिकको जीवनस्तर र गुणस्तर बृद्धि गर्ने बारेमा यी देशका नेताहरुले छलफल गर्ने सम्मेलन व्यवस्थापन गर्ने अधिकारीहरुले जनाएका छन् । कोरोनाका कारण विश्वभरी उत्पन्न विषम परिस्थिति र त्यसलाई सामना गर्ने उपायमाथि पनि नेताहरुका बीचमा परामर्श हुने जनाइएको छ ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *