कोरोना सङ्क्रमितलाई आइसोलेशनको उचित व्यवस्था गर्न कांग्रेसको माग

  • 3
    Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मापदण्डअनुरुपको आइसोलेशनमा बस्ने आफ्नो व्यवस्था नभएका कोरोना भाइरस सङ्क्रमितलाई तत्काल समुचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसका सहमहामन्त्री एवं पार्टीको कोभिड—१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले सोमबार विज्ञप्तिमार्फत कोरोनाको लक्षण देखिएका सङ्क्रमितलाई अस्पतालमा उपचारको समुचित व्यवस्था गर्नसमेत सरकारसँग माग गरेका छन् ।

सरकारी निकायले कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षण र आइसोलेशनको प्रभावकारी व्यवस्था गर्न नसकेको र यसले विशेषतः काठमाडौंँ उपत्यकामा डेरामा बस्ने या घरै भए पनि मापदण्डअनुरुप बस्ने व्यवस्था नभएकाहरुको बिचल्ली भएको विज्ञप्तिमा जनाइएको छ ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *