पाँच नम्बर प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा बुटवलमा प्रदर्शन(फोटोफिचर)

बुटवल । पाँच नम्बर प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा सोमबार पनि रुपन्देहीमा प्रदर्शन भएको छ । नेपाली कांग्रेसले आह्वान गरको विरोध प्रदर्शनमा जिल्लाका विभिन्न संघ संस्थाको प्रतिनिधित्व रहेको थियो । प्रदेश सभा घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई बाटैमा प्रहरीले रोकेपछि नेपालगंज रोडको सडकमै बसेर उनीहरुले प्रदर्शन गरेको थिए ।

त्यसक्रममा प्रदर्शनकारीहरुले प्रदेशको राजधानी दाङ लैजाने प्रस्ताव फिर्ता गर्न माग गरेका थिए । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गर्दै उनीहरुले निर्णय नसच्याए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

विरोध प्रदर्शनमा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सरकारले जनभावना विपरीत ल्याएको राजधानी सार्ने प्रस्ताव तत्काल फिर्ता लिन माग गरे । उनले अन्य प्रदेशका अस्थायी राजधानीलाई स्थायी राजधानीको रुपमा घोषणा गर्न मिल्ने तर ५ नम्बर प्रदेशको राजधानी किन नहुने भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

यसअघि आइतबार साँझ काठमाडौंबाट फर्कदै गरेका मुख्यमन्त्री पोखरेललाई लक्षित गरेर प्रर्दशनकारीहरुले ढुंगा प्रहार समेत गरेका थिए । ढुंगा प्रहार गरेको अभियोगमा प्रहरीले कांगे्रसका ९ जना कार्यकतालाई प्रक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *