युनाइटेडको पोस्टमा टोटेन्हामको आधा दर्जन गोल

प्रज्जवल थापा

काठमाडौँ । इङलिस प्रिमियर लिगमा टोटेन्हामले म्यान्चेस्टर युनाइटेडको पोस्टमा आधा दर्जन गोल गरेको छ। आइतबार भएको खेलमा युनाइटेडले ६-१ गोलको लज्जास्पद हार बेहोरेको छ।

युनाइटेडको घरेलु मैदान भएको खेलमा स्पर्सलाई जित दिलाउन ह्युङ मीन सन र ह्यारी केनले दुई-दुई गोल गर्दा डोम्बेले र अरियरले १-१ गोल गरे। खेलमा अग्रता भने घरेलु टोलिले लिएको थियो। मार्सियललाई पेन्लाटी क्षेत्रमा लडाएपछी पाएको पेनाल्टीमा गोल गर्दै ब्रुनो फर्नान्डेजले युनाइटेडलाई दोस्रो मिनेटमै खेलमा अगाडी बढाएका थिए। त्यसको २ मिनेट पछि युनाइटेडको डिफेन्डरले राम्रो तालमेल मिलाउन नसक्दा पाएको बललाई डोम्बेलेले गोल गर्दै टोटेन्हामलाई बराबरीमा ल्याएका थिए

खेलको ७ औ मिनेटमा ह्यारी केनको पासमा सन हुयुङ मिनले गोल गर्दै टोटेन्हामलाई खेलमा अगाडी बढाएका थिए त्यसपछि भने टोटेन्हामले पछाडि फर्केर हेर्नू परेन। २८ औ मिनेटमा मार्सियलले लमेलालाई हातले हानेपछी रातो कार्ड पाएर बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो। ३० औ मिनेट सनको पासमा ह्यारी केनले गोल गर्दै टोटेन्हामलाई ३-१ को स्थितिमा ल्याएका थिए। फेरि ३७ औ मिनेटमा अरियरको पासमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेन्हाम ४-१ गोलले अगाडी बढेको थियो।

५१ औ मिनेटमा हज्बर्गको पासमा सेर्जे अरियरले गोल गर्दै टोटेन्हामलाई ५-१ गोलको अग्रता दिलाएका थिए। ७९ औ मिनेटमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा गोल गर्दै ह्यारी केनले टोटेन्हामलाई ६-१ गोल अन्तरले जित दिलाए। जितसँगै टोटेन्हाम ७ अङ्कका साथ छैटौं स्थानमा उक्लिएको छ। आइतबार नै भएको लिगको अन्य खेलहरुमा न्युक्याचल युनाइटेड, वेस्टहाम, साउथ्ह्याप्टन, आर्सनल, र वोल्भ्स विजयी भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *