डा. केसीसँग वार्ताका लागि टोली गठन गर्न सरकारलाई चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीसँगको वार्ताका लागि ७२ घण्टाभित्र वार्ता टोली गठन गर्न सरकारलाई समय दिएको छ । संघले आइतबार विज्ञप्ति जारी गरी केसीको जीवन रक्षाका लागि वार्ता टोली गठन गरी संवादको माध्यमबाट सत्याग्रह अन्त्यको माग गरेको हो ।

उसले ७२ घण्टाभित्र केसीको जीवन रक्षाका निम्ति कुनै पहल नगरे जस्तोसुकै कठोर कदम चाल्न संघ बाध्य हुने चेतावनी दिएको छ । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखी केसी भदौ २९ गतेदेखि आमरण अनशनमा छन् । तर यत्रो समय बितिसक्दा पनि सरकारले उनका माग सुनुवाई गर्न कुनै पहल गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *