विराटको उत्कृष्ट प्रदर्शनमा बैंगलोरको जित

प्रज्जवल थापा ।

कप्तान विराट कोहलीको सानदार प्रदर्शनको मद्दतमा आईपिएलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शनिबार दिउँसो भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो । सेख जायद रंगशालामा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्न उत्रिएको राजस्थान रोयल्सले पूरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १५४ रन बनाएको थियो ।

राजस्थानको लागि लोम्रोरले सार्वाधिक ४७ रन जोडे । उनले ३९ बलमा ३ छक्का र १ चौका प्रहार गरे । ओपनर जोस बट्लर १२ बलमा ३ चौका र १ छक्काको मद्दतमा २२ रन जोडे । स्टिभ स्मिथ ५ रन बनाएर उडानाको बलमा आउट भए । सेम्सनले ४ रन जोडे । राजस्थानले ३१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो ।

उथप्पाले २२ बलमा एक चौकाको मद्दतमा १७ रन जोडे । यस्तै रियन परागले १६, राहुल टेवाटियाले २४ र जोफ्रा आर्चरले १६ रनको योगदान गरे । बैंगलोरको लागि युज्वेन्द्र चहालले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २५ रन दिएर ३ विकेट लिए ।

उडानाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिदा नवदिप सैनीले ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । १५५ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले १९.१ ओभरमा २ विकेट गुमाएर १५८ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।

बैंगलोरको लागि ओपनर देवदत्त पडिक्कल र कप्तान विराट कोहलीले सानदार प्रदर्शन गरे । पडिक्कलले ४५ बलमा ६३ रन जोडे । उनले ६ छक्का र १ चौका प्रहार गरे । अर्का ओपनर एरोन फिन्च ८ रन जोडेर श्रेयस गोपालको बलमा आउट भए।

त्यसपछि ब्याटिङ गर्न आएका विराट कोइलीले कप्तानी इनिङ्स खेल्दै ७२ रन जोडे । अघिल्लो खेलहरुमा राम्रो प्रदर्शन गर्न नसकेका कोहलीले ५३ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे। अन्त्यमा एबिडी भिल्लर्सले १० बलमा १२ रन जोड्दै बैंगलोरलाई जित दिलाए ।

राजस्थानको लागि जोफ्रा आर्चरले ४ ओभर बलिङ गर्दै १८ रन दिएर १ विकेट लिए। श्रेयस गोपालले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । जितसँगै बैंगलोर ४ खेलमा ३ जित र १ हारसहित ६ अङ्क जोडेर शिर्ष स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *