काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार परीक्षणमा गरिएकोमा दुबै जनालाई कोरोना संक्रमण पुष्टि भएको उनीहरुले सामाजिक संजालमार्फत जानकारी दिएका छन् । दुबै जनाले यसबीचमा आफ्नो सम्पर्कमा रहनुभएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।


