दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पुनर्विचार गर्न नेकपा नगर समितिको आग्रह

  • 2
    Shares

बुटवल । प्रदेश पाँच सरकारले दाङको देउखुरी उपत्यकामा स्थायी राजधानी बनाउन गरेको प्रस्ताव पुनर्विचार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा बुटवल नगर समितिले आग्रह गरेको छ । नगरसमितिका तर्फबाट अध्यक्ष बाबुराम पन्थीले विज्ञप्ति जारी गरी प्रदेश सरकारको उक्त निर्णयले दुखित तुल्याएको उल्लेख गरेका छन् ।

प्रदेशसभामा प्रस्ताव पेस गरेको बिषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पन्थीले राजधानी सार्ने प्रस्तावले रुपन्देहीमा प्रदेशको राजधानीका सन्दर्भमा राज्यकोषबाट भएको व्ययभार र यहाँका संस्थाहरुले गरेको योगदानको अवमूल्यन भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशसभामा हठात पेस गरेको राजधानी सार्ने प्रस्तावमा पुनर्विचार गर्न आग्रह गर्दै बहुसंख्यक जनताको केन्द्रको रुपमा रहेको बुटवललाई प्रदेशको राजधानी बनाउन आग्रह गरिएको छ ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *