नेकपाको सचिवालय बैठक स्थगित

  • 4
    Shares

काठमाडौं । सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो । बैठक आइतबार ४ बजे बस्ने गरी स्थगित भएको पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भएको छलफलमा आज सचिवालय बैठक बोलाउने सहमति भएको थियो । पछिल्लो समय राजदूतलगायतका राजनीतिक नियुक्तिमा पार्टीभित्र विवाद आएपछि अध्यक्षद्वयबीच सचिवालय बैठकमा छलफल गर्ने सहमति भएको थियो ।

भोलि बस्ने बैठकमा पार्टी एकीकरणमा बाँकी काम, सरकार पुनर्गठन तथा पछिल्लो दिनमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीसँगको सल्लाह बिना गरेका सरकारी नियूक्तिहरूका बारेमा छलफल गर्ने बताइएको छ ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *