कार्भाहाल तीन महिना मैदान बाहिर

प्रज्जवल थापा ।

रियल म्याड्रिडका राइट ब्याक डानी कार्भाहाल चोटका कारण तीन महिना मैदान बाहिर हुने भएका छन् । शुक्रवार रियल म्याड्रिडले आधिकारिक जानकारी दिदै कार्भाहालको घुँडामा चोट लागेको बताएको हो । यससँगै म्याड्रिडलाई ठूलो झट्का लागेको छ ।

उनी अघिल्लो सिजन ला लिगा जित्दा टोलीको महत्वपूर्ण सदस्य थिए । उनको वैकल्पिक खेलाडी रुपमा रहेका ओर्दिओला अघिल्लो खेलमा १ घन्टा खेलेका थिए । पछि उनको स्थानमा कार्भाहाल मैदान प्रवेश गरेका थिए। शुक्रबार भएको टिम ट्रेनिङमा उनी घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *