कोरोनासंक्रमित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ । उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्डस्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ ।
आफूलाई कोरोना संक्रमण भएको घोषणा गरेको भोलिपल्टलाई उपचारका लागि सैनिक अस्पताल लगिएको हो । मास्क नलगाउन आग्रह गर्दै आएका ट्रम्प अस्पताल जाने क्रममा मास्क र सुटमा देखिएका थिए ।
सुरक्षात्मक सावधानी अन्तरगत अस्पताल रहँदा ट्रम्पले विशेष प्रकारको सुटमा काम गर्ने ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कायलेग म्याकेनीले जानकारी दिएकी छन् । ट्रम्पलाई मध्यम प्रकारको ज्वरो आएको बताइएको छ ।
कोरोना महामारी सुरू भएदेखि नै कोरोना संक्रमणलाई खासै महत्व नदिएका ट्रम्पले शुक्रबार पत्नीसहित आफूलाई कोरोना भाइरसको संक्रमण भएको घोषणा गरेका थिए । कोरोना कारण अमेरिकामा हालसम्म २ लाख बढी मानिसको मृत्यु भइसकेको छ ।


