‘युईएफए प्लेयर अफ दि इयर’ अवार्ड लेवान्डोस्कीलाई

  • 3
    Shares

प्रज्जवल थापा । बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की युइएफएको उत्कृष्ट खेलाडी चुनिएका छन् । बुधबार स्विजरल्याडमा सम्पन्न अवार्ड कार्यक्रममा बायर्नका खेलाडीको वर्चस्व रह्यो । गत सिजन च्याम्पियन्स र घरेलुु दुई उपाधि जितेको बायर्नले यसै महिना युरोपियन सुपर कप र जर्मन सुपर कप जितेको थियो ।

सन् २०१९/२० को सिजन उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले ‘यूईएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका हुन् । गत सिजन लेवान्डोस्कीले बुन्डेसलिगामा ३४ गोल गरेका थिए ।

यस्तै च्याम्पियन्स लिगमा लेवान्डोस्कीले १५ गोल गरेका थिए। बार्यनले सबै उपाधि जित्दा उनको प्रमुख भूमिका थियो । यस्तै उत्कृष्ट गोलरक्षकको अवार्ड म्युनिखका म्यानुएल नोएरले पाए ।

उनीसँगै उत्कृष्ट डिफेन्डरमा जोशुआ किम्मिच, उत्कृष्ट फरवार्ड रोबर्ट लेवान्डोस्की, उत्कृष्ट प्रशिक्षक हान्सी फ्लिक र वर्षको सर्वोत्कृष्ट खेलाडी रोबर्ट लेवान्डोस्की बायर्न म्युनिखकै खेलाडीले पाए । उत्कृष्ट मिडफिल्डरको अवार्ड भने म्यान्चेस्टर सिटिका केभिन डे ब्रुएनले पाए ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *