आईपिएलमा मुम्बई इन्डियन्सको दोस्रो जित


प्रज्जवल थापा ।

इन्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ बिहीबार राति भएको खेलमा मुम्बईले किङ्स ११ पन्जाबलाई ४८ रनले पराजित गरेको हो । सेख जायद रंगशालामा टस हारी ब्याटिङको निम्तो पाएको मुम्बईले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९१ रन बनाएको थियो ।

मुम्बईको लागि कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेल्दै सर्वाधिक ७० रन जोडे। उनले ४५ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर इन्टिन डिकक कोम्ट्रेलको बलमा शून्यमा आउट भए । चौथो ओभरमा सुर्यकुमार यादव १० रन बनाएर रन आउट भएपछि मुम्बई २१ -२ को स्थितिमा थियो । त्यसपछि रोहित र इसान किनासले मुम्बईको इनिङ्स समहाल्ने प्रयास गरेका थिए ।

रोहितलाई इसानले ३२ बलना २८ रन जोड्दै साथ दिएका उनी गोथ्वामको बलमा आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका काइरन पोलार्ड र हार्दिक पाण्डयले बिस्पोटक ब्याटिङ गरे । पोलार्डले ४७ रन जोडे। उनले २० बलमा ४ छक्का र ३ चौका प्रहार गरे। हार्दिकले ११ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३० रन जोडे । पञ्जाबको लागि कोन्ट्रलले ४ ओभरमा १ मेडन राख्दै २० रन दिएर १ विकेट लिए ।

सामीले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए। ग्वाथमले ४ ओभरमा ४५ रन दिएर १ विकेट लिए । १९२ रनको विजयी लक्ष्य पछ्याएको पंन्जावले २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १४३ रन बनाउन सक्यो । खेलमा सुरुवात राम्रै गरेको पञ्जावमा मिडलमा ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर केएल राहुल १७ रन जोडेर आउट भए। यस्तै अघिल्लो खेलमा सतक प्रहार गरेका मयङ्क अग्रवालापनी २५ रन जोडेर बुम्राको बलमा आउट भए। उनले १८ बलमा ३ चौका प्रहार गरेका थिए । यस्तै नैरले खाता खोल्न पनि सकेनन्। पोरानले २७ बलमा ४४ रन जोड्दै पञ्जावको इनिङ्स उकास्ने प्रयास गरेका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरे। १३.२ ओभरमा निकलोस पोरान आउट भएपछि २३ रन जोड्दा पञ्जाबले ४ विकेट गुमायो ।

म्याक्सवेलले ११ रन र ग्वोथमले २२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोर अङ्क जोड्न सकेनन् । मुम्बईको लागि जस्प्रित बुम्राले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । राहुल चहारले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए ।

जेम्स पट्टिसनले ४ ओभरमा २८ रन दिएर २ विकेट लिदा बोल्ट र कुर्नाल पाण्डयले समान १- १ विकेट लिए । जितसँगै मुम्बई ४ खेलमा २ जित र २ हार बेहोर्दै ४ अङ्क जोडेर पहिलो स्थानमा उक्लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *