USAID

ट्रयाक्टरको ठक्करबाट एकको मृत्यु, एक घाइते


लहान । सप्तरीको बोदे बसाईन नगरपालिका–५ मा ट्रयाक्टरले ठक्कर दिँदा आज साँझ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बोदे बसाईन नगरपालिका–७ हैठीका २३ वर्षीय सुजितकुमार यादव रहेको प्रहरी कार्यालय बोदे बसाईनले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स१त ४६९३ नम्बरको ट्रयाक्टरले अनटेष्ट मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक यादवको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदे बसाईनका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले जानकारी दिएका छन् ।

उनका अनुसार ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका धर्मेन्द्रकुमार यादव गम्भीर घाइते भएको र उहाँलाई उपचारका लागि बिराटनगरतर्फ पठाएको छ । घटनापछि चालक ट्रयाक्टर छाडेर भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *