डा. केसीलाई अनसन फिर्ता लिन सरकारको आग्रह

  • 4
    Shares

काठमाडौं । सरकारले अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले सबै नागरिकलाई कसरी जोगाउने भनेर सरकारको ध्यान केन्द्रित भएको अवस्थामा अनशन, सत्याग्रह, धर्ना जस्ता विषय सुहाउँदो नभएको बताए । ज्ञवालीले केसीका धेरै माग पुरा भइसकेका र पूरा गर्न बाँकी रहेका मागका विषयमा छलफल गर्न सकिने बताए । त्यस्तै उनले कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै सचेत रहन आमनागरिकलाई आग्रह गरेका छन् ।

बिहीबार बिहान बसेको बैठकले सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको । मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव नियुक्त भएका हुन् ।

त्यस्तै पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफाारिस गर्ने निर्णय गरेको छ । त्यस्तै रेग्मीलाई बेलायतका लागि राजदूत र दक्षिण अफ्रिकाको राजदूतका लागि निर्मल कुमार विश्वकर्माको नाम सिफारिस गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकले आर्थिक ऐनका केही दफामा रहेका करका दरहरुलाई घटाउने निर्णय गरेको उनले जानकारी दिए ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *