कुवेतका नयाँ अमिरद्वारा सपथ ग्रहण

  • 2
    Shares

कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहलेसंवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गरेका छन् । सरकारको आपतकालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो । उनी ९१ वर्षका थिए ।

कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उनका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ । तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ । अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बनेका थिए । त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर थिए ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *